बैशाख २१, २०८१, शुक्रबार
               

पाकिस्तानमा रेल र बस आपसमा ठोक्किँदा ज्यान गुमाउनेकाे संख्या ३० पुग्याे

रासस
फागुन १७, २०७६

ADVERTISEMENT

पाकिस्तानको दक्षिण भागमा पर्ने सिन्ध प्रान्तको सक्कुर जिल्लामा रेल र बस आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३० पुगेको सरकारी अधिकारीहरुलेले जानकारी दिएका छन् । 

घाइते १५ को उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या ३० पुगेको सुक्कुर जिल्लाका प्रहरी निर्देशक शफिक अहमदले बताए । 

यस दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुमा महिला, बालबालिकाको संख्या धेरै रहेको उनीहरुले बताएका छन् । 

प्रहरी निरिक्षकका अनुसार पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराचीबाट पूर्वी रावलपिंडीतिर जाँदै गरेको पाकिस्तान एक्सप्रेस नामको यात्रुवाहक रेलले जिल्लाको रोहरी क्षेत्रनजिकैको कन्ध्र शहरको रेलवे मार्गमा बसलाई ठक्कर दिएको थियो ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि