जेठ ०२, २०८१, बुधबार
               

दक्षिण कोरियामा २ हजार ३३७ जना कोरोना भाररस सङ्क्रमित

रासस
फागुन १६, २०७६

ADVERTISEMENT

एजेन्सी । दक्षिण कोरियामा थप ५७१ जना कोरोना भाइरस सङ्क्रमित भएपछि सङ्क्रमित व्यक्तिको सङ्ख्या २ हजार ३३७ पुगेको छ ।  दक्षिण कोरियामा यस भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको समाचारमा जनाइएको छ ।  

दक्षिण कोरियाको  कोरोना भाइरसको नियन्त्रण तथा व्यवस्थापन केन्द्रको स्थानीय समयानुसार बिहानको १०  र अपराह्न ५ बजे दुई पटक यस रोगको सङ्क्रमित र मृतकको सङख्यालाई अपडेट गराउँदै आएको छ । 

विश्वभरीमा कोरोनाबाट सङ्क्रमित भएका व्यक्तिहरुको संख्या करिब ८३ हजार पुगिसकेको छ, र यसबाट चीन सबैभन्दा बढी  प्रभावित भएको छ । गत  वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान शहरबाट यस भाइरसको सङ्क्रमण शुरु भएको थियो ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि