जेठ ०३, २०८१, बिहीबार
               

सिपाहीद्वारा आफ्नै चार सहकर्मीको हत्या

रासस
फागुन १५, २०७६

ADVERTISEMENT

नाइजेरियामा नाइजेरियाली सेनाका एक सिपाहीले बुधबार आफ्नै चारजना सहकर्मीको हत्या गरी आफूले समेत आत्महत्या गरेका छन् ।

नाइजेरियाली सेनाले जारी गरेको विज्ञप्तिमा हिंसाग्रस्त बोर्नो प्रान्तमा सेवारत उनले चलाएको बन्दुकबाट अरू दुई जना घाइते भएको उल्लेख छ ।

सैनिक प्रवक्ता सागिर मुसाले घाइतेहरूको बोर्नोको राजधानी माइदीगुरी सैनिक अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्थामा सामान्य रहेको बताए ।

उक्त घटनाका बारेमा सेनाले छानबिन सुरु गरेको पनि प्रवक्ता मुसाले बताए ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि