बैशाख २५, २०८१, मंगलबार
               

दक्षिण कोरियामा कोरोनापीडित एक महिला डिस्चार्ज
कोरियामा हालसम्म ३० जनामा कोरोनापीडित फेला

रासस
फागुन ०५, २०७६

ADVERTISEMENT

सियोल (योनहाप) दक्षिण कोरियामा कोरोना जीवाणु पीडित एक चिनियाँ महिला स्वस्थ भएर अस्पतालबाट डिस्चार्ज भएकी छन् । 

स्वास्थ्य अधिकारीहरुले ती महिलाको दुई पटक गरिएको प्रयोगशाला जाँचमा शरीरमा कोरोनाका जीवाणु नभेटिएको र स्वस्थ रहेको बताएका छन् ।

दक्षिण कोरियाली संक्रामक रोग नियन्त्रण केन्द्र (केसीडीसी) का अनुसार कोरोना जीवाणुबाट पीडित भएको पुष्टि भएकी ती ३० वर्षीया चिनियाँ महिलालाई डिस्चार्ज गरिएको छ। उनी गत फेब्रुअरी ११ मा अस्पताल भर्ना भएकी थिइन् । 

कोरियामा हालसम्म ३० जनामा कोरोना देखिएको छ । देशका विभिन्न अस्पतालबाट हालसम्म नौ जना डिस्चार्ज गरिएको छ । 

ती चिनियाँ महिला चीनको उहानबाट कोरिया आएकी थिइन् । अस्पतालबाट यसअघि एक जना ५४ वर्षीय पुरुष पनि स्वस्थ भएर डिस्चार्ज भएका थिए । 

दक्षिण कोरियामा कोरोना जीवाणुको सङ्क्रमण फैलिन नदिन उच्च सतकर्ता अपनाइएको छ । चीनको उहानबाट दक्षिण कोरियाले आफ्ना अधिकाँश नागरिकलाई उद्धार गरी कोरिया ल्याइसकेको छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि