बैशाख २३, २०८१, आइतबार
               

कोरोना भाइरसविरुद्ध एकजुट हुन विश्व स्वास्थ्य संगठनको आह्वान

रासस
फागुन ०४, २०७६

ADVERTISEMENT

  विश्व स्वास्थ्य संगठन डब्लुएचओले विश्वभरी फैलिएको र हजारौँको मृत्यु भएको कोरोना भाइरसविरुद्ध एकजुट हुन सबैलाई आह्वान गरेको छ । 
संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेसुसले शनिबार आयोजित ५६औँ म्युनिख सुरक्षा सम्मेलनमा बोल्ने क्रममा यस्तो आह्वान गरेका ुन् । 

“हामी सबै एउटै तरिकाले लाग्नु पर्दछ, नकि एक्ला एक्लै,” उनले जोड दिए । उनले सबै देशहरुले एक अर्कालाई घृणा गर्ने र आलोचना गर्ने कार्य तत्काल बन्द गर्नुेमा पनि जोड दिएका छन् ।

रोगको महामारीविरुद्ध लड्न सबैलाई तयारी अवस्थामा रहन पनि संगठनका प्रमुख टड्रोसले आग्रह गरे । उनले त्यसका लागि लगानी गर्नुपर्ने बताए । 

विश्वमा आतङ्कवाद नियन्त्रणका लागि करोडौँ डलर लगानी भइरहेको स्मरण गराउँदै उनले यस्ता रोग नियन्त्रणका लागि भने पर्याप्त लगानी र चासो नदिइएको टिप्पणी गरे ।महामारी रोगहरूलाई नियन्त्रण गर्नका लागि आर्थिक, राजनीतिक र सांस्कृतिक रूपमा सबैजना एकजुट हुनुपर्ने खाँचो रहेको उनको भनाइ छ ।   
––

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि