बैशाख ११, २०८१, मंगलबार
               

कोरोना बढेपछि कडाइ पनि बढ्यो, यस्ता छन् प्रतिबन्ध

नेपाल फ्ल्यास
पुस २५, २०७८

ADVERTISEMENT

सरकारले कोरोना संक्रमण बढेसँगै केही क्षेत्रमा कडाइ गरेको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले तत्काल लकडाउन नगर्ने निर्णय गरे पनि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले जिल्लाको अवस्था हेरेर जहिले पनि लकडाउन गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

सीसीएमसीसीको आइतबारको बैठकले माघ १५ सम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । जाडो विदा दिइसकेका विद्यालयलाई पनि विदा तन्काउन निर्देशन दिइएको छ । सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालका अनुसार यो निर्णय सम्बन्धित मन्त्रालयमार्फत कार्यान्वयन हुनेछ ।

 

विद्यालय बन्द गरिए पनि पूर्वनिर्धारित सेमेस्टर तथा वार्षिक परीक्षाहरू जनस्वास्थ्यमा मापदण्डहरू पालना गर्दै लिइनेछ ।

सभा-सम्मेलनमा प्रतिबन्ध

सरकारले सभा तथा सम्मेलन गर्न पनि रोक लगाएको छ । सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी भेला हुन सीसीएमसीसीले रोक लगाएको छ ।

निर्णयसँगै राजनीतिक दलहरूले आफ्ना धेरै मानिस उपस्थित हुने सभा तथा सम्मेलन गर्न पाउने छैनन् । त्यस्तै सामाजिक काममा पनि भिडभाड गर्न पाइने छैन । अत्यावश्यक कामकाजका लागि भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अनुमति दिने व्यवस्था मिलाइएको छ ।

सरकारले सार्वजनिक स्थानहरूमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गरेको छ ।

माघ ३ गतेदेखि सार्वजनिक कार्यालय, होटेल तथा रेस्टुरेन्ट, सिनेमा हल, रंगशालामा प्रवेश तथा आन्तरिक हवाई यात्राका लागि पनि खोपकार्ड अनिवार्य रुपमा देखाउनुपर्नेछ ।

स्वदेश तथा विदेशको हवाइ उडानमा भिडभाड कम हुने गरी प्रवन्ध मिलाउन समेत नागरिक उड्डयन मन्त्रालयलाई सीसीएमसीले निर्देशन दिएको छ ।

हेर्नुस् सीसीएमसीसीको निर्णय


कस्तो लाग्यो ?

यो पनि