बैशाख ११, २०८१, मंगलबार
               

जीवन नै नरहे रमाइलोले अर्थ राख्दैन, बिदाका कार्यक्रम रद्द गर्नूः डब्लूएचओ

नेपाल फ्ल्यास
पुस ०६, २०७८

ADVERTISEMENT

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन विश्वव्यापी फैलिएको भन्दै मानिसहरुलाई आफ्ना बिदाका योजना रद्द गर्न आग्रह गरेको छ । क्रिसमस र नयाँ वर्षको अवसरमा विभिन्न देशमा विद्यालय र कार्यलयमा लामो बिदा हुन्छ । 

‘जीवन नै रद्द गर्नभन्दा कार्यक्रम रद्द गर्नु उर्पुक्त हुन्छ,’ डब्लूएचओका प्रमुख डा. टेड्रोस एडहानोम गेहब्रेयससले भने । यो क्रिसमसमा सर्वसाधारणले ‘जटिल निणर्य’ लिनुपर्ने उनको भनाई छ । ओमिक्रोन डेल्टाभन्दा तीव्र ढंगले फैलिएको उनको भनाई छ ।

नयाँ भेरियन्ट फैलिएपछि फ्रान्स, जर्मनीलगायतका देशहरुले कोभिड प्रतिबन्ध लगाइरहेका बेला डब्लूएचओका प्रमुखको भनाई आएको हो । 

नेदरल्यान्ड्सले क्रिसमसको अवधिभर लकडाउन घोषणा गरेको छ । बेलायतले जमघटमा रोक लगाउनुका साथै विभिन्न प्रतिबन्ध लगाएको छ । 

पछिल्लो समयमा कोभिडबाट अत्यधिक प्रभावित बेलायतमा लकडाउन लगाउने बारेमा छलफल भइरहेको छ । तर, अमेरिकामा भने लकडाउन गर्ने कुनै योजना नभएको राष्ट्रपतिको कार्यलय ह्वाईटहाउसले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि