बैशाख १७, २०८१, सोमबार
               

एक लाख मात्रा फाइजर खोप काठमाडौँ आइपुग्यो

नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । अमेरिकाले नेपाललाई अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको थप एक लाख ६२० मात्रा फाइजर खोप काठमाडौँ आइपुगेको छ ।

यहाँस्थित अमेरिकी दूतावासले खोप सोमबार बिहान कतार एअरवेजको विमानमार्फत् नेपाल आइपुगेको जानकारी दिएको हो। पहिलोपटक आएको यो खोपलाई माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गरेर राखिने छ ।

एक महिनाको अवधिमा दुई डोज लगाउनुपर्ने फाइजर खोप १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । फाइजर खोप अहिले थोरै मात्रामा आएकाले दीर्घ रोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले बताएका छन् ।

आगामी पुसमा थप ६० लाख डोज फाइजर खोप ल्याउने र त्यो खोप बालबालिकालाई लगाउने सरकारको योजना छ । यसअघि गत असारमा अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो ।

यसअघि नेपालमा अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप प्रयोगमा आइसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि