बैशाख १८, २०८१, मंगलबार
               

प्रदेश १ मा ३२२ जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
असोज ०९, २०७८

ADVERTISEMENT

विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ को मोरङमा सबैभन्दा बढी ७७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । सोही अवधिमा पालिकामध्येमा विराटनगरमा ३९ जनालाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीमा ४८, झापामा ३०, धनकुटामा पाँच, खोटाङ र इलाममा दुई–दुई, सङ्खुवासभा र पाँचथरमा एक–एक तथा प्रदेश बाहिरका तीन जनामा संक्रमण देखिएको हो ।

सो अवधिमा ७२५ जनाको पिसीआर परीक्षण गर्दा १६९ र ६१४ जनाको एन्टिजेन परीक्षण गर्दा १५३ गरी कूल ३२२ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा आजै १५० महिलासहित २६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा दुई महिलासहित पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा ४१ संक्रमणमुक्त, एकको मृत्यु

बैतडी– सुदूरपश्चिम प्रदेशमा आज थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशभर पिसीआर र एन्टिजेन विधिबाट एक हजार ४४ जनाको नमूना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सबैमा पिसीआर विधिमार्फत गरिएको परीक्षणमा संक्रमण देखिएको हो ।

सेती प्रादेशिक अस्पतालमा १८ र डडेल्धुरा अस्पतालमा तीन जनामा संक्रमण पुष्टि भएको हो । यस्तै गएको २४ घण्टामा प्रदेशभर ४१ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अछामका २८ वर्षीय पुरुष छन् । यसअघि शुक्रबार यस प्रदेशमा ३४ जनामा सङ्क्रमण पुष्टि हुँदा सात जना निको भएका थिए ।  


कस्तो लाग्यो ?

यो पनि