बैशाख १५, २०८१, शनिबार
               

नेपालमा बिटा र गामा भेरियन्ट भित्रिने सम्भावना धेरै

नेपाल फ्ल्यास
असोज ०४, २०७८

ADVERTISEMENT

कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण फैलिएको दुई वर्ष पुग्न लागेको छ । डिसेम्बर २०१९ मा चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरसको संक्रमण अहिले विश्वभर देखिएको छ । 

विश्वभर फैलिँदा कोरोनाका नयाँ नयाँ भेरियन्ट देखिएका छन् । जुन मानव स्वास्थ्यका लागि निकै घातक सावित भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को भेरियन्ट अफ इन्ट्रेष्टमा अल्फा, बिटा, गामा र डेल्टा भेरियन्टलाई सबैभन्दा घातक मानिएको छ । नेपालमा यीमध्ये डेल्टा र अल्फा भेरियन्टको संक्रमण देखिसकिएको छ भने बिटा र गामा भेरियन्ट भित्रिन सक्ने सम्भावना अधिक छ।

टेकु अस्पतालका संयोजक डा.शेर बहादुर पुनका अनुसार नेपालमा भेटिएका दुई भेरियन्टमध्ये डेल्टा सबैभन्दा बढी संक्रामक मानिन्छ। ‘तीमध्ये नेपालमा अल्फा भेरियन्टको मात्र पहिचान गर्न सकिने अवस्था छ’, पुनले भने, ’भारतमा बिटा र गामा भेरियन्ट देखिएको हुनाले नेपालमा पनि यो भाइरस भित्रिने सम्भावना धेरै छ’।

यी भेरियन्ट पहिलेको स्वरूपभन्दा छिटो फैलिनुका साथै बालबालिका र युवामा बढी संक्रमण हुने पाइएको छ। चिकित्सकहरूका अनुसार ज्वरो आउने, झाडापखाला लाग्ने, पेट दुख्ने, श्वासप्रश्वासमा र मुटुमा समस्या लगायत यसका लक्षणहरू हुन् ।

भेरियन्ट प्राकृतिक रूपमा म्युटेन्ट भएर विकसित हुँदै जान्छ । देशको भूगोल र वातावरणले पनि भेरियन्टको प्रकृतिमा कहीँ कतै असर पार्न सक्दछ । भेरियन्टको उत्पत्तिपछि यसले एक किसिमको लहर ल्याउने र त्यस समयमा सो भेरियन्ट घातक बन्ने संयोजक पुनको भनाइ छ।

भाइरसको भेरियन्टको पहिचान गर्नु जरुरी भएकाले भाइरसको उत्परिवर्तनबारे जानकारी लिइ रोग नियन्त्रण नीति तथा प्रतिकार्य गर्न आवश्यक छ । हरेक महिना भाइरसको संक्रमण क्षमता वृद्धि भई समुदायमा फैलन सक्ने संभावना बलियो हुन्छ । अहिलेको अवस्थामा हरेक महिनामा हरेक उमेर समूहको प्रतिनिधित्व हुने गरी १०/१५ वटा भाइरसका नमुनाको अणुवांशिक तत्वहरूको सिक्वेन्सिङ गर्नुपर्छ । तर, नेपालमा अल्फा भेरियन्टको मात्र पहिचान गर्न सकिने अवस्था छ ।


कस्तो लाग्यो ?

यो पनि