बैशाख १४, २०८१, शुक्रबार
               

४४ लाख भेरोसेल खोप लिन निगमको जहाज चीन जाँदै

नेपाल फ्ल्यास
भदौ ३१, २०७८

ADVERTISEMENT

काठमाडौं । सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप लिन आज नेपाल एयरलाइन्सको विमान चीन जाँदै छ । खोप लिएर विमान भोलि आउने छ ।

सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो । जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ । खरिद गरेको बाँकी ४४ लाख डोज खोप लिन साँझ पौने ६ बजे विमान चीन जाने छ ।

सरकारले आगामी चैतसम्म सबै नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ । सो लक्ष्यलाई चिनियाँ खोपले सहयोग पुग्ने विश्वास सरकारको छ ।


कस्तो लाग्यो ?

यो पनि