बैशाख १४, २०८१, शुक्रबार
               

भारतले कोभिशिल्ड खोप उपलब्ध गराउने स्वास्थ्य राज्यमन्त्रीको विश्वास

नेपाल फ्ल्यास
भदौ १०, २०७८

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले भारतले कोरोनाविरुद्धको कोभिशिल्ड खोप उपलब्ध गराउनेमा विश्वास व्यक्त गरेका छन् । भारत सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि अक्सिजन प्लान्ट हस्तान्तरण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको कार्यक्रममा मन्त्री श्रेष्ठले भारतले कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग गर्दै आएको र थप खोप पनि छिट्टै उपलब्ध गराउने विश्वास व्यक्त गरे ।

राज्यमन्त्री श्रेष्ठले भने– ‘यसले अक्सिजन आपूर्ति साथसाथै अक्सिजनको अभावलाई ठूलो सहयोग पुग्नेछ भन्ने विश्वास लिएको छु । त्यसका साथै कोभिड १९ नियन्त्रणका लागि भारत सरकारले विशेष गरेर हामीलाई खोप सहयोग उपलब्ध गराइदिएर र धेरै सामग्रीहरू दिएर ठूलो सहयोग गरेकाे छ । भारत सरकारप्रति हामी आभारी छौँ । आउँदा दिनमा पनि अझै सहयोग पाउने अपेक्षा राखेका छौँ । आउँदा दिनमा कोभिशिल्ड खाेप उपलब्ध गराए हामीलाई सहज हुन्छ ।’

अक्सिजन प्लान्ट हस्तान्तरण कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कोभिड १९ सङ्क्रमणका बेलामा अक्सिजन प्लान्टको आवश्यकता पर्ने भन्दै नेपाल र भारत छिमेकी देश भएका नाताले आपसमा निर्भर भएर काम गर्नुपर्ने बताए । 

राजदूत क्वात्राले कोभिड-१९ नियन्त्रणका लागि नेपाल सरकारलाई आउँदा दिनमा पनि सहयोग गर्न भारत सरकार तयार रहेको बताए ।  


कस्तो लाग्यो ?

यो पनि