बैशाख १८, २०८१, मंगलबार
               

सभामुख सापकोटाको दाँतको सर्जरी, एउटा दाँत निकालियो

नेपाल फ्ल्यास
भदौ ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको दाँतको माइनर सर्जरी गरिएको छ ।

आज (मंगलबार) विहान वीर अस्पतालको डेन्टल विभागमा सापकोटाको माइनर ओरल सर्जरी गरिएको हो । सर्जरी गरेर उनको दायाँ पट्टि तल्लो भागको एउटा दाँत निकालिएको छ । 

डेन्टल विभागकी प्रमुख डा. शैली प्रधान, डा. किशोर भण्डारी लगायतको चिकित्सकको टोलीले चेकजाँचपश्चात सर्जरी गरेको हो ।

सभामुख सापकोटाको दाँतमा समस्या आएपछि एक महिना अघि सर्जरीको समय लिइएको थियो । सर्जरीमा संलग्न चिकित्सकहरुले उपचार प्रक्रिया जारी रहेको बताएका छन् ।

चिकित्सकको सुझाव अनुसार सभामुख सापकोटा निवासमा आराम गरिरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि