बैशाख २४, २०८१, सोमबार
               

देशभर ३ हजार १२५ जना कोरोना संक्रमित थपिए

नेपाल फ्ल्यास
साउन १८, २०७८

ADVERTISEMENT

पछिल्लो २४ घन्टामा देशभर तीन हजार १२५ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर परीक्षणमा दुई हजार २७९ र एन्टिजेन परीक्षणमा ८४६ जनामा संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा एक हजार नौ सय २५ जना डिस्चार्ज भएका छन् । हालसम्म ६ लाख ५८ हजार एक सय २२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

सोमबार २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नौ हजार आठ सय ९८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि