बैशाख २३, २०८१, आइतबार
               

बिहीबारदेखि काठमाडौं उपत्यकामा ५० वर्षमाथिकालाई खोप लगाइने

नेपाल फ्ल्यास
साउन १३, २०७८

ADVERTISEMENT

काठमाडौं । भोलि (बिहीबार) देखि काठमाडौं उपत्यकास्थित तीनै जिल्लामा भेरोसेलको पहिलो मात्राको खोप अभियान सुरु हुने भएको छ ।

काठमाडौं महानगरपालिकाका ३२ वडा पिच्छे खोप केन्द्र रहनेछन् भने अत्यावश्यक सेवाका व्यक्तिहरुको हकमा पाँचवटा अस्पताललाई खोप केन्द्र तोकिएको छ ।

जसमा राधास्वामी आइसोलेसन सेन्टर सामाखुशि, वीर अस्पताल काठमाडौं, निजामती अस्पताल नयाँ बानेश्वर, टिचिङ अस्पताल महाराजगञ्ज तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र टेकु छन् ।

५० वर्षभन्दा माथिका र यसअघि छुटेकालाई खोप लगाइने भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि