बैशाख २३, २०८१, आइतबार
               

पालो मिचेर ठूलाले खोप लगाउँदा पोखरामा रोकियो खोप अभियान

नेपाल फ्ल्यास
साउन ०२, २०७८

ADVERTISEMENT

पोखरा । पोखरा महानगरपालिकाले सुरु गरेको खोप अभियान शनिबारबाट स्थगित भएको छ । ५५ वर्षका माथिका नागरिकका लागि ‘जोनसन एन्ड जोनसन’ को एक डोज मात्र लगाए पुग्ने कोरोनाविरुद्धको खोप दिने घोषणा गरेको थियो । सोही अनुसार महानगरले पनि अभियान सुरु गरेको थियो ।

‘जोनसन चलाउने भनेर हामीलाई मन्त्रालयबाट निर्देशन आयो । त्यहीअनुसार हामीले खोप केन्द्र पनि तोक्यौं,’ महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हरिलाल आचार्यले भने, ‘पछि जोनसन नचलाउने भनेर जानकारी आएपछि भेरोसेल नै लगायौं ।’ भेरोसेल खोप सकिएपछि खोप अभियान रोकिएको छ ।

पोखरा १८ देखि ३३ वडाबाहेक अन्य वडाका ५५ वर्ष माथिका उमेर समूहले जनसन खोप दिने तयारी छ ।

कतिवय वडामा ६२ देखि माथिका उमेर समूहका लागि आएको खोप समेत २०/२२ उमेर समूहले लगाएको सार्वजनिक नै भइसकेको छ । लक्षित वर्गलाई आएको खोप भनसुनका आधारमा अरुले लगाउँदा खोप अभाव हुन गएको महाशाखाको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि