बैशाख २१, २०८१, शुक्रबार
               

सिसिएमसी र स्वास्थ्यका पदाधिकारीसँग देउवाको छलफल : फाइजर खोप ल्याउनेबारे ब्रिफिङ

नेपाल फ्ल्यास
असार ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट फाइजर खोप ल्याउन सकिने अवस्थाबारे स्वास्थ्य मन्त्रालय र सिसिएमसी पदाधिकारीसँग छलफल गरेका छन् ।

देउवाको निजी निवास बुढानिलकण्ठमा देउवालाई भेट्न पुगेका कोभिड संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सिसिएमसी) का अध्यक्ष बालानन्द शर्मा र स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले देउवालाई ब्रिफिङ गरेका थिए ।

फाइजर खोप ल्याउन भइरहेको प्रगति, गर्नुपर्ने काम र नेपालमा खोप भण्डारणको अवस्थाबारे देउवाले सोधेका थिए । माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने फाइजर खोपको कोल्ड चेन नेपालमा छैन ।

प्रधानमन्त्री देउवासँगको भेटमा स्वास्थ्य मन्त्रालयका पदाधिकारीले १२ देखि १८ वर्ष उमेरका बालबालिकालाई लगाउन आवश्यक भएकाले ल्याउन पहल भइरहेको बताएका थिए ।

साथै, २ करोड ५० लाख जनसंख्यालाई कोरोना खोप आवश्यक परेको जानकारी मन्त्रालयले गराएको थियो ।

यो पनि