बैशाख २१, २०८१, शुक्रबार
               

आज १ हजार ८३१ मा कोरोना सङ्क्रमण

नेपाल फ्ल्यास
असार २७, २०७८

ADVERTISEMENT

बितेको २४ घण्टामा नेपालमा थप एक हजार ८३१ जनामा कोरोना भाइरस देखा परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कूल नौ हजार २१८ को नमूना परीक्षण गर्दा थप एक हजार ८३१ मा कोरोना देखिएको हो । 

मन्त्रालयका अनुसार पिसीआर विधिबाट पाँच हजार ५३५ नमूना परीक्षण गर्दा एक हजार २३७ र एन्टिजेन विधिबाट तीन हजार ६८३ को परीक्षण गर्दा ५९४ मा पोजेटिभ देखिएको हो ।

हाल देशभर २६ हजार १७३ जना सक्रिय सङ्क्रमित रहेका छन् भने तीमध्ये १७५ भेन्टिलेटरमा छन् । पछिल्लो २४ घण्टामा २० जनाको कोरोनाको कारण मृत्यु भएको छ । 


कस्तो लाग्यो ?

यो पनि