बैशाख २१, २०८१, शुक्रबार
               

वीर अस्पतालको नयाँ भवन उद्घाटन, ५०० बेड थपिने

नेपाल फ्ल्यास
असार २७, २०७८

ADVERTISEMENT

वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनमा थप ५०० बेड थपिने भएको छ । कोभिड–१९ युनिफाइड केन्द्रीय नव निर्मित भवनको उद्घाटनमा ५०० बेड थपिने अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. जागेश्वर गौतम जानकारी दिएका हुन् । 

एचडियू जनरल ५०० बेड थप्न लागिएको हो । यस्तै, अस्पताल रहेको २५ वटा आकस्मिक बेडलाई बढाएर १०० पुर्‍याउने बताए । यस्तै थप १०० आईसीयू बेड २०० पुर्‍याउने र मिर्गौला डाइलाइसिसको मेशिनलाई १५ बाट बढाएर १०० पुर्‍याउने, दैनिक ७५ वटा सर्जरी पुर्‍याउने लक्ष्य अनुसार काम गरिरहेको समेत उनको भनाइ छ ।

 अब मिर्गौला प्रत्यारोपणको सेवालाई बढाएर मासिक ३०० जनाको प्रत्यारोपण गर्ने गरी काम अघि बढाइएको डा. गौतमले जानकारी दिए ।  हाल अस्पतालमा २ वटा अक्सिजन प्लान्ट र १ लिक्विड ग्याँस ट्याङ्क जडान गरिएको बताए ।

 डा. गौतमले वीरमा ८३१ जना दरबन्दी थप भएसँगै सेवा प्रवाहमा सहज हुने बताए । आगामी आर्थिक वर्षबाट ज्येष्ठ नागरिक उपचार वार्ड छुट्टै सञ्चालन गर्ने बताए । यस आर्थिक वर्षमा असार २५ गतेसम्म २ हजार १ सय १८ जना कोभिडका बिरामीको उपचार वीर अस्पतालमा भएको छ । 

जसमध्ये १ हजार ७ सय ५५ जना कोरोना मुक्त भएका छन् भने २८९ जनाको मृत्यु भएको छ । हाल अस्पतालमा ८४ जना उपचाररत छन् ।  


कस्तो लाग्यो ?

यो पनि