बैशाख २१, २०८१, शुक्रबार
               

नेपालमा थपिए १ हजार ६०३ जना कोरोना संक्रमित

नेपाल फ्ल्यास
असार २०, २०७८

ADVERTISEMENT

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६०३ जना कोरोना संक्रमित थपिएका छन् ।

एक दिनयता २७ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजन गरी ८ हजार १ सय ३२ जनाको परीक्षण गरिएको थियो ।

त्यसमध्ये १ हजार ६०३ जनामा संक्रमण भेटिएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जनाएका छन् । पीसीआरबाट १ हजार ४२ जना र एन्टिजनबाट ५ सय ६१ जनामा संक्रमण देखिएको हो ।

नेपालमा कर्णाली प्रदेशमा सबैभन्दा बढी संक्रमण दर देखिएको छ । पीसीआर विधिबाट गरिएको परीक्षणमध्ये ४० प्रतिशतमा संक्रमण देखिएको हो ।

नेपालभरमा गएको २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ८ सय ७६ र एन्टिजन विधिबाट ३ हजार २ सय ५६ परीक्षण भएको थियो।

सक्रिय संक्रमित ५०० भन्दा बढी रहनेमा ९ वटा जिल्ला छन् ।


कस्तो लाग्यो ?

यो पनि