बैशाख २१, २०८१, शुक्रबार
               

यसरी बढाउनुुहोस्  रोग प्रतिरोधी क्षमता

नेपाल फ्ल्यास
असार २०, २०७८

ADVERTISEMENT

कोरोनाका कारण कतिले ज्यान गुमाए, कतिले परिवार । कतिले शारीरिक/मानसिक तनाव र पीडा झेले । कुनै पनि संक्रामक रोगबाट बच्न भौतिक दूरी त कायम राख्नुपर्छ नैऽ यससँगै शारीरिक सरसफाईमा ध्यान दिनुका साथै पोषिलो र सन्तुलित खानपान गर्नुपर्छ । र, शरीरमा रोगसँग लड्ने क्षमता बढाउनुपर्छ ।


स्वस्थ जीवनशैली अपनाउनु नै एक बलियो प्रतिरक्षा प्रणालीको लागि सबैभन्दा राम्रो विकल्प हो ।जब स्वस्थ खानपान र सकारात्मक वातावरण प्राप्त हुन्छ । जीवनमा तनाव कम हुन्छ । पर्याप्त निद्रा  पुग्छ र रोग प्रतिरोधक क्षमता बढ्छ । यसबाहेक रोग प्रतिरोधक क्षमता बढाउन यस्ता कुरामा पनि ध्यान दिनुपर्छ ।

नियमित व्यायाम

उमेर बढ्दै जाँदा शारीरिक गतिबिधि सुस्त हुँदै जान्छ । यसको अर्थ यो होइन कि, हामी पूर्णत निस्त्रिmय हुन्छौं । नियमित शारीरिक गतिविधिले प्रतिरक्षा प्रणाली बलियो बनाउँछ । यसले हाम्रो शरीरलाई संक्रामक रोगबाट बचाउँछ । त्यसैले शरीरलाई सक्रिय राख्नका लागि नियमित व्यायाम गर्नैपर्छ । व्यायामलाई आफ्नो दैनिकीको एक हिस्सा बनाउनुपर्छ ।

धूमपान छाड्ने

चुरोटको रसायनले फोक्सोलाई नराम्ररी प्रभावित बनाउँछ । यो क्यान्सरको कारण बन्न सक्छ । त्यसैगरी फ्लु, ब्रोंकाइटिस, निमोनिया जस्ता श्वासप्रश्वास सम्बन्धी रोग निम्त्याउन सक्छ । त्यसैले आफ्नो प्रतिरक्षा प्रणाली बलियो बनाउनका लागि चुरोट पिउने बानी त्याग्नैपर्छ ।

जिंक

यो एक पोषक तत्व हो, जसले हाम्रो प्रतिरक्षा प्रणाली र मेटाबोलिज्मका लागि खास काम गर्छ । जिंकको आवश्यक्ता पुरा गर्न काजु, फर्सीको बियाँ जस्ता खानेकुरा जरुरी हुन्छ ।

हाइड्रेटेड रहने

उच्च प्रतिरक्षा प्रणालीका लागि पानीको सेवन अत्यावश्यक छ । खासगरी गर्मी महिनामा पर्याप्त पानी वा झोलयुक्त खानेकुरा जरुरी हुन्छ । स्वस्थ व्यक्तीका लागि दैनिक आठ गिलास पानी चाहिन्छ । त्यसबाहेक झोलयुक्त खानेकुरा खानुपर्छ ।

तनावमुक्त हुने

तनाव कुनैपनि समस्याको समाधान होइन । तनावले आफैलाई दुःख दिने हो । हुन त घर व्यवहारको कारण, दैनिक कामकाजको कारण हामीमा कुनै न कुनै किसिमको तनाव पैदा हुनसक्छ । तनाव पूर्णत हटाउन सकिदैन पनि । तनावलाई व्यवस्थापन भने गर्न सकिन्छ ।

प्रकृतिसँग नजिक हुने

प्रकृतिसँग एकाकार हुने प्रयास गर्नुपर्छ । बनजंगल, चराचुरंगीसँग रमाउन सिक्नुपर्छ । माटो र पानीको सम्पर्कमा रहनुपर्छ । यसले तनावबाट मुक्त त राख्छ नै सकारात्मक सोंच चिन्तन पनि विकास गराउँछ ।

भिटामिन सीयुक्त खानेकुराहरु खाने

टर्रो फल र सागसब्जी भिटामिन सिले भरपुर हुन्छ । यस्ता खानेकुराको सेवनले शरीरमा सेतो रक्त कोष बढाउन सहयोग गर्छ, जुन संक्रामक रोगबाट बचाउन जरुरी हुन्छ ।


कस्तो लाग्यो ?

यो पनि