बैशाख २१, २०८१, शुक्रबार
               

नेपालमा कोरोना जित्ने दर ९४ प्रतिशत

नेपाल फ्ल्यास
असार १८, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपालमा कोरोना निको हुने दर ९४ प्रतिशत पुगेको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ४५१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । सङ्क्रमणको निको हुने दर ९४ प्रतिशत रहेको छ । हालसम्म ६ लाख तीन हजार ६०० सङ्क्रमित निको भइसकेको जनाइएको छ ।

पछिल्लो २४ घण्टामा थप दुई हजार २९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा ६ हजार ५६६ जनाको पिसिआर तथा चार हजार ३० जनाको एन्टिजेन परीक्षण गरिएकोमा क्रमशः एक हजार ३९१ र ९०८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा देशभर ३४ सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा नौ हजार १७९ जना सङ्क्रमितको मृत्यु भएको छ ।

हालसम्म ३३ लाख ५७ हजार ८२९ को परीक्षण भएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २९ हजार २७४ जना रहेको मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि