बैशाख २१, २०८१, शुक्रबार
               

कर्णालीमा ९१ प्रतिशत कोरोना संक्रमित निको

नेपाल फ्ल्यास
असार १३, २०७८

ADVERTISEMENT

कर्णाली । कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा मात्र कोरोना संक्रमण जितेर घर फर्कनेको सङ्ख्या १२४ पुगेको छ ।

कर्णालीमा एक लाख २० हजार २७८ को आरटी पिसिआर र ३३ हजार ४८४ को एन्टिजेन परीक्षण गरिएकामा २७ हजार ७३५ जनामा संक्रमण पुष्टि भएको विज्ञप्ति स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशको सार्वजनिक गरेको छ । कूल संक्रमितमा २५ हजार १२९ अर्थात् (९१ प्रतिशत) ले कोरोना जितेर घर फर्केको निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए ।

‘पछिल्लो दुई सातायता कोरोना संक्रमण दर ओरालो लागेको छ । अहिले संक्रमितभन्दा निको हुनेको सङ्ख्या बढ्दै गएको छ’, निर्देशक डा. खड्काले भने, ‘नयाँ भेरियन्टसहितको कोरोना महामारीका कारण गत वैशाख १० गतेयता बढेको त्रासदी पनि कम हुँदै गएको छ, यसले सङ्क्रमण जित्नेको आत्मबल बढेको पाएका छौँ ।’

आइसोलेशनमा बस्ने दुई हजार संक्रमितको सङ्ख्या घटेर एक हजार २३० मा पुगेको उनले बताए । उनका अनुसार मृत्युको सङ्ख्यामा पनि कमी आएको छ । पछिल्लो २४ घण्टामा ११० जनामा कोरोना पुष्टि भएको र संक्रमणबाट तीन व्यक्तिको मृत्यु भएसँगै हालसम्म यो प्रदेशमा ३०७ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

कोरोना महामारीबाट यो प्रदेशमा सबैभन्दा ठूलो क्षति सुर्खेतलाई पुगेको छ । सुर्खेतमा हालसम्म १७७, सल्यानमा ५०, रुकुमपश्चिममा २९, दैलेखमा २२ र जुम्लामा आठ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि