बैशाख २१, २०८१, शुक्रबार
               

नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि

नेपाल फ्ल्यास
असार ०७, २०७८

ADVERTISEMENT

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ ।

नेपालकाे नयाँ भेरियन्ट परीक्षण गराएका ४८ नमूनामा ४७ वटा नमूनामा डेल्टा भेरियन्ट (बी.१.६१७.२) पुष्टि भएको छ भने एउटा नमूनामा अल्फा भेरियन्ट (बी.१.१.७) पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमूनाहरुमध्ये ९ वटामा थप उत्परिवर्तन (के ४१७ एन म्युटेसन ) भेटिएको छ जसलाई (एवाइ.१)नाम दिइएको छ।

मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै वैशाख २६ देखि जेष्ठ २० गतेसम्म देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिबाट संकलित नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी ४८ वटा नमूना विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्वएसिया क्षेत्रीय कार्यालयको सहयोगमा परीक्षण गरिएकाे हाे । 

भारतको नयाँ दिल्लीस्थित डब्ल्युएचओ आइडेन्टीफाइड सेन्टर अफ एक्सलेन्स इन जिनोमिक द इन्च्टीच्युट अफ जिनोमिक एण्ड इन्टिग्रेटिभ बायोलोजीमा सेक्वेन्सिङका लागि पठाउदा उक्त भेरियन्ट प्रमाणित भएकाे हाे । 

 


कस्तो लाग्यो ?

यो पनि