बैशाख २१, २०८१, शुक्रबार
               

शुक्रबार थपिए २ हजार ७६८ संक्रमित

नेपाल फ्ल्यास
असार ०४, २०७८

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ७६८ नयाँ संक्रमित थपिएका छन् । स्वासथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसहित कूल संक्रमितकाे संख्या ६ लाख १७ हजार ९४७ पुगेकाे छ।  

आज एकैदिन ४ हजार २० जनाले काेरोना जितेका छन् । आजसम्म ५ लाख ४९ हजार ६८२ जनाले कोरोना जितेर घर फर्केका छन् । साथै सकृय संक्रमितकाे संख्या ५९ हजार ६२४ जना छन् । 

हालसम्म ३२ लाख ५५ हजार ५७२ जनाकाे कोरोना परिक्षण गरिएकाे छ । आज थप ४४ जनाकाे मृत्यु भएसँगै कूल मृतककाे संख्या ८ हजार ६४१ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।  


कस्तो लाग्यो ?

यो पनि