बैशाख २१, २०८१, शुक्रबार
               

जिल्ला स्वास्थ्य कार्यालयले खाेप लगाउन बाेलाएकाहरुलाई रित्तै फर्कायाे

नेपाल फ्ल्यास
असार ०४, २०७८

ADVERTISEMENT

ललितपुर । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले विदेश जान तयार भएका नागरिकलाई खोप लगाउने कार्यक्रम अन्तिम समयमा आएर स्थगित गरेको छ ।

कार्यालयले विदेश जानका लागि भिसा आइसकेका र यसअघि खोपको पहिलो डोज लगाइसकेकाहरुलाई आज (शुक्रबार) बिहान १० बजेदेखि खोपकाे दाेस्राे मात्रा लगाइने सूचना जारी गरेको थियो ।

तर अन्तिम समयमा प्राविधिक कारण देखाउँदै खोप लगाउने कार्यक्रम स्थगित भएको जानकारी स्वास्थ्य कार्यालयले दिएको छ।

खोप लगाउन पाइने भनेपछि विदेश जाने तयारीमा रहेकाहरु १० बजे भन्दा अगाडि नै स्वास्थ्य कार्यालय पुगेका थिए । तर, खोप लगाउने कार्यक्रम स्थगित भएको सूचनासँगै उनीहरु निराश भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि