बैशाख १४, २०८१, शुक्रबार
               

नेपालमा ८८ प्रतिशतले जिते कोरोना

नेपाल फ्ल्यास
असार ०१, २०७८

ADVERTISEMENT

पछिल्ला केही सातायता नेपालमा कोरोना संक्रमणको दर लगातार घट्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ला दिनमा कोरोना संक्रमित हुने र मृत्यु हुनेको संख्या लगातार घटिरहेको छ ।

पछिल्लो २४ घन्टामा १३ हजार २९० नमूना परीक्षण गर्दा दुई हजार ७४५ जनामा संक्रमण पुष्टि भएको छ । सात हजार ४४९ नमूनाको पिसिआर परीक्षण गर्दा एक हजार ६८१ र पाँच हजार ८४१ नमूनाको एन्टिजेन परीक्षण गर्दा एक हजार ६४ जनामा संक्रमण पुष्टि भएको छ ।
 
यससँगै नेपालका कोरोना संक्रमण हुनेको संख्या छ लाख १२ हजार २०२ पुगेको छ । ती मध्ये पाँच लाख ४० हजार ४३९ जना संक्रमणमुक्त भएको छन् । जुन कुल संक्रमितको ८८.३ प्रतिशत हो ।

आज चार हजार १८६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने संक्रमणबाट ४१ जनाको ज्यान गएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट आठ हजार ५०६ जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि