बैशाख १५, २०८१, शनिबार
               

आज ५ हजार १४७ संक्रमितले जिते कोरोना

नेपाल फ्ल्यास
असार ०१, २०७८

ADVERTISEMENT

नेपालमा आज पाँच हजार १४७ जना संक्रमणमुक्त भएका छन् ।  हालसम्म पाँच लाख ३६ हजार दुई सय ५२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा निको हुने दर ८७.८ प्रतिशत रहेको छ ।

 साथै थप ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ सार्वजनिक गरेको विवरणअनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या आठ हजार ४६५ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा दुई हजार ९१८ संक्रमित थपिएका छन् । योसँगै कूल संक्रमितकाे संख्या ६ लाख १२ हजामर २०२ जना पुगेकाे छ । 


कस्तो लाग्यो ?

यो पनि