चैत १५, २०८०, बिहीबार
               

थप ३३८४ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
जेठ २९, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

८५०६ जनाको पीसीआर परीक्षण र ५९८८ जनामा एन्टिजेन परीक्षण उल्लेखित कोरोना संक्रमित पहिचान भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ६ लाख ६ हजार ७७८ जनामा संक्रमण पुष्टि भइसकेको छ भने एन्टिजेन विधिबाट १९ हजार ७५७ जनामा संक्रमण देखिएको छ ।

शनिबार काठमाडौंमा ३९१, ललितपुरमा १३० र भक्तपुरमा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी सोही अविधमा थप ६२९५ जना संक्रमणमुक्त बनेका छन् ।

पछिल्लो समय नयाँ संक्रमितभन्दा निको हुने दर बढी रहेका कारण सक्रिय संक्रमितको संख्या घटेर ७१ हजार ३०१ पुगेको छ । मन्त्रालयका अनुसार सोही अविधमा कोरोनाका कारण थप ६१ जनाले ज्यान गुमाएका छन् ।  नेपालमा कोरोनाका कारण ८ हजार ३६६ जनाको मृत्यु भइसकेको छ । जुन दर १.६ प्रतिशत हो । 


कस्तो लाग्यो ?

यो पनि