बैशाख १४, २०८१, शुक्रबार
               

उदयपुरमा घट्दै कोरोना संक्रमण

नेपाल फ्ल्यास
जेठ २९, २०७८

ADVERTISEMENT

उदयपुर । वैशाखको तेस्रो हप्तादेखि तिब्र रुपमा वृद्धि हुँदै गएको कोरोना संक्रमण जेठको अन्तिम हप्तामा आएर उदयपुर जिल्लामा सुधार हुँदै गएको छ । स्वास्थ्य कार्यलय उदयपुरका अनुसार जेठको अन्तिम हप्तादेखि जिल्लामा कोरोना सङ्क्रमणमा निकै कमी आएको छ ।

बढी सङ्क्रमित भएको त्रियुगा नगरपालिकामा जेठको अन्तिम हप्तामा आएर ५ सय ३५ बाट सङ्क्रमितहरु घटेर २ सय ९० मा झरेको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ । कटारी नगरपालिकामा १ सय १७ जना पुगेकोमा संक्रमित घटेर ४५ जनामा झरेको छ ।

रौतामाई गाउँपालिकामा ७६ जना रहेकोमा घटेर २९ जना र  लिम्चुङबुङ गाउँपालिमा  ६४ जनाबाट संक्रमित घटेर हाल २४ जनामा झरेको छ । त्यस्तै अन्य स्थानीय निकायमा पनि कमी आएको छ ।

जिल्लाको आठै पालिकामा कोरोना संक्रमणका दर घटेर निको हुनेहरुको सङख्यामा पनि वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख प्रसाद मोहन सुवेदीले बताएका छन् । जिल्लामा हालसम्ममा ४७ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

यसैबीच कोरोना संक्रमणको अवस्थालाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यलय उदयपुरले जिल्लामा निषेधाज्ञाको समय जेठ २८ बाट बढाएर असार ७ सम्म थपेको छ । थप गरिएको निषेधाज्ञामा बिहानको ७ बजेदेखि दिनको १२ बजे सम्म पसलहरु खोल्न दिइने छ । 


कस्तो लाग्यो ?

यो पनि