बैशाख १२, २०८१, बुधबार
               

नेपालमा थपिए ४३४४ संक्रमित, ८१ जनाको मृत्यु

नेपाल फ्ल्यास
जेठ २६, २०७८

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा ४ हजार ३४४ जना कोभिड संक्रमित थपिएका छन् ।

नेपालमा संक्रिय संक्रमितको संख्या ८० हजार ३३६ रहेको छ । कुल संक्रमितको संख्या ६ लाख १५ हजार ६५२ जना पुगेको छ । कुल संक्रमितमध्ये ४८ दशमलव ८ प्रतिशत महिला छन् ।

स्वास्थ्य मन्त्रालयले बुधबार प्रेस ब्रिफिङ गरी यसबारे जानकारी गराएको हो । त्यसैगरी पछिल्लो एक दिनमा ८१ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म कुल मृत्युको संख्या ८ हजार १७९ पुगेको छ ।

पछिल्लो २४ घण्टायता पिसिआर बिधिबाट १२ हजार ७४ जनाको परीक्षण गरिएको थियो भने ४ हजार ५६८ जना एन्टिजेन विधिबाट परीक्षण भएको थियो ।परीक्षण तुलनामा औसत २८ दशमल ६ प्रतिशतमा संक्रमण देखिएको हो ।

संक्रमणबाट ४६ जिल्ला पाँच सयभन्दा बढी संक्रमित रहेका छन् । अतिप्रभावित जिल्लामा काठमाडौं पहिलो नम्बरमा छ । त्यसपछि ललितपुरमा धेरै संक्रमित छन् । बढी संक्रमित रहेका अन्य जिल्लामा मोरङ, भक्तपुर, रुपन्देही, झापा, कैलाली, कास्की, काभ्रे र चितवन छन् । 

 

५१ देखि ६० वर्ष उमेरमा मानिस बढी संक्रमित देखिएका छन् ।

कोभिड संक्रमण मुक्त हुनेको संख्या ५ लाख १० हजार २९८ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि