बैशाख ०८, २०८१, शनिबार
               

फाइजरले १२ वर्षमुनिका बालबालिकामा खोप परिक्षण गर्ने

नेपाल फ्ल्यास
जेठ २६, २०७८

ADVERTISEMENT

कोरोना संक्रमणविरुद्धको अमेरिकी खोप विकास कम्पनी फाइजरले १२ वर्ष मुनिका बालबालिकामा परीक्षण सुरु गर्ने भएको छ । अमेरिका, फिनल्याण्ड, पोल्याण्ड, तथा स्पेनका करिव ४ हजार ५ सय बालबालिकामा खोप परीक्षण गरिने फाइजरले जनाएको हो ।

यस अघि फाइजर तथा जर्मनी कम्पनी बायोएनटेकले अमेरिका, क्यानडा तथा युरोपियन युनियनका १२ वर्ष माथिका बालबालिकालाई खोपको आकस्मिक प्रयोगका लागि अनुमति पाइसकेको छ । बालबालिकालाई वयस्क जस्तै ३० माइक्रोग्राम खोप दिइनेछ । १२ वर्षमुनिका बालबालिकाको हकमा ५ देखि ११ वर्षसम्मकालाई १० माइक्रोग्राम तथा ६ महिना देखि ५ वर्षसम्मकालाई ३ माइक्रोग्राम खोप दिइने जनाइएको छ । ५ देखि ११ वर्ष उमेर समुहका बालबालिकालाई यही साता देखि खोप दिइने छ ।

उनीहरूमा गरिएको परीक्षणको नतिजा आगामी सेप्टेम्बरमा आउने र सो पश्चात अक्टोबरमा आकस्मिक प्रयोगका लागि अनुमति मागिने फाइजरका प्रवक्ताले जनाएका छन् ।   


कस्तो लाग्यो ?

यो पनि