मंसिर ०७, २०८१, शुक्रबार
               

अमेरिकाले नेपाललाई खोप दिने, ५० लाख डोज भनेर झुक्याए राष्ट्रपतिका सल्लाहकारले

नेपाल फ्ल्यास
जेठ २०, २०७८

ADVERTISEMENT

काठमाडौं । अमेरिकाले नेपाललाई खोप सहायता उपलब्ध गराउने भएको छ । 

राष्ट्रपति कार्यालयले सुरुमा आफ्नो तथा कूटनीतिक प्रयासमा ५० लाख डोज खोप दिने भनेर सामाजिक सञ्जालमार्फत भने पनि पछि मात्रालाई सच्याएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र पठाएपछि र अन्य कूटनीतिक तहबाट गरिएका प्रयासबाट ५० लाख डोज भ्याक्सिन आउन लागेको राष्ट्रपति कार्यालयका अधिकारीहरूले दाबी गरेका थिए । नेपालले ५० लाख खोप पाउने भएको राष्ट्रपति कार्यालयका सञ्चार सल्लाहकार टीका ढकालले ट्वीट गरे पनि पछि सच्याएका थिए ।

उनको ट्विटमा 'सम्माननीय राष्ट्रपतिज्यूको अग्रसरता र नेपाल सरकारको क्रियाशीलताले कोभिड-१९ विरुद्धको खोप प्राप्तिमा आज अर्को सफलता प्राप्त भएको छ । हाम्रो अनुरोधलाई स्वीकार गर्दै संयुक्त राज्य अमेरिकाले नेपाललाई पचास लाख डोज खोप उपलब्ध गराउने जानकारी गराएको छ' भनेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आजै बेलुकी ट्विट गर्दै खोप दिने अमेरिकी निर्णयको स्वागत गर्दै अमेरिकालाई धन्यवाद दिएका छन् ।

प्रधानमन्त्रीले खोप सहायताबाट नेपाल र अमेरिकाबीचको मित्रताको सुदृढतालाई पुष्टि गरेको बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि