जेठ ०४, २०८१, शुक्रबार
               

स्वास्थ्य संकटकाल लगाउन सक्ने मन्त्रालयको संकेत

नेपाल फ्ल्यास
जेठ १०, २०७८

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य मन्त्रालयलले कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर फैलिरहेकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सङ्कटकाल लाग्न सक्ने सङ्केत गरेको छ ।

साेमवार भर्चुअल पत्रकार गर्दै स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले सो संकेत गरेका हुन् । कोरोनाको दोस्रो लहर फैलिरहेकाले यसकाे रोकथामका लागि स्वास्थ्य सङ्कटकालको विषयमा सरकार सकारात्मक रहेको उनले बताए । 

उनले भने, ‘स्वास्थ्य सङ्कटकाल लगाउने विज्ञको सुझावमा हामी सकारात्मक छौँ, अहिले कोरोनाको नयाँ भेरियन्ट फैलिरहेको छ, यसको रोकथामका लागि स्वास्थ्यको मापदण्ड पालनालाई सबैले प्राथमिकता दिनुपर्दछ ।’

त्यसैगरी, उनले  कोरोना रोकथाम तथा उपचारका लागि सरकारले सके जति गर्ने पनि बताए । थप खोप ल्याउन अमेरिका, बेलायत, चीन, रुसलगायत देशसँग सकारात्मक छलफल भइरहेको मन्त्री त्रिपाठीले जानकारी दिए । यस्तै युरोपेली सङ्घसँग मौज्दातमा रहेको खोप नेपाल ल्याउने विषयमा पनि छलफल थालेको उहाँले बताउनुभएको छ । 


कस्तो लाग्यो ?

यो पनि