जेठ ०८, २०८१, मंगलबार
               

स्विजरल्यान्डद्वारा ९४ करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

नेपाल फ्ल्यास
जेठ ०८, २०७८

ADVERTISEMENT

कोरोना भाइरस संक्रमणको दोस्रो लहरसँग जुधिरहेको नेपालका लागि स्वीट्जरल्याण्डले अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ।

स्वीस सरकारका तर्फबाट प्रदान गरिएको स्वास्थ्य सामग्री शनिबार बिहान त्रिभूवन विमानस्थलमा आइपुगेको हो । ८० लाख अमेरिकी डलर(करिब ९४ करोड नेपाली रुपैयाँ) बराबरको अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको हाे । उक्त स्वास्थ्य सामग्री नेपालका लागि स्विस राजदूत एलिजावेथ भोन क्यापेलरले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई शनिबार हस्तान्तरण गरिन् ।

नेपाललाई दिइएको स्वास्थ्य सामग्रीहरुमा ४० भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, ११ लाख एन्टिजेन, १ लाख १० हजार केएन–९५ मास्क, ५० हजार पन्जा र १५ हजार पीपीई सेट रहेका छन् । राजदूत क्यापेलरले स्विजरल्यान्ड कोभिड–१९ महामारीविरुद्धको लडाइँमा नेपाल र नेपालीहरुसँग ऐक्यबद्धतामा उभिने बताइन् ।


कस्तो लाग्यो ?

यो पनि