जेठ ०५, २०८१, शनिबार
               

थप ८६०७ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
जेठ ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर थप ८६०७  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ४०७ जनामा पिसिआर परीक्षण गरेका र  २०० जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा उल्लेखित संख्यामा कोरोना पोजेटिभ देखिएको हो। 

पछिल्लो २४ घण्टामा २३ हजार २२६ जनाको नमूना परीक्षण गरिएको हो।मन्त्रालयका अनुसार ७ हजार ८ सय ९० जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन्।

त्यस्तै यस अवधिमा १७७ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार २४ पुगेको छ।


कस्तो लाग्यो ?

यो पनि