जेठ ०५, २०८१, शनिबार
               

सुदूरपश्चिममा १९ हजार २८५ जना संक्रमित निको भएर घर फर्कीए

नेपाल फ्ल्यास
जेठ ०७, २०७८

ADVERTISEMENT

डोटी । सुदूरपश्चिम प्रदेशका १९ हजार २८५ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् । प्रदेशका विभिन्न जिल्लामा कोरोना संक्रमण मुक्त हुनेभन्दा संक्रमित हुने दर बढी देखिएको छ । कैलालीमा सबैभन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार कैलालीका १३ हजार ५८४ संक्रमितमध्ये आठ हजार ५४६ जना मुक्त भएका छन् । यो सङ्ख्या कैलालीका कूल संक्रमित सङ्ख्याको झण्डै ६३ प्रतिशत हो ।

यहाँका अन्य पहाडी जिल्लाहरू अछाममा एक हजार ९०१, बैतडीमा ९२६, बझाङ एक हजार ५७ र बाजुरामा ६२४ संक्रमित निको भएका छन् । यसैगरी कोरोना संक्रमण मुक्त हुनेमा डडेल्धुराका ८७६, दार्चुलाका ४०४, डोटीमा एक हजार ६३३ र कञ्चनपुरमा तीन हजार २५३ जना छन् । निर्देशनालयका अनुसार सुदूरपश्चिममा अझै ११ हजार ४४० सक्रिय सङ्क्रमितहरू छन् ।

कैलालीमा चार हजार ९१३, अछाममा ७८६, बैतडीमा ९६७, बझाङमा ९४१, बाजुरामा २२७ जना सक्रिय संक्रमित छन् । डडेल्धुरामा ५१४, दार्चुलामा २९५, डोटीमा ५५९ र कञ्चनपुरमा दुई हजार २२० सक्रिय संक्रमित छन् ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म एक लाख ९९ हजारको परीक्षण गर्दा ३१ हजार २०० मा कोरोना संक्रमण देखिएको थियो । यो सङ्ख्या परीक्षण गरिएका कूल सङ्ख्याको १५.५७ प्रतिशत हुन आएको निर्देशनालयका निर्देशक डा. गणराज अवस्थीले जानकारी दिए ।

दोस्रो चरणमा संक्रमितलाई समयमै अस्पताल पुर्याउन नसक्दा तथा अक्सिजन नपाएका कारण बचाउन सकिएको छैन । स्वास्थ्य निर्देशक डा. अवस्थीका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म ३९७ जनाले ज्यान गुमाएका छन् । 


कस्तो लाग्यो ?

यो पनि