काठमाडौं । सुनसरीबाट देशका विभिन्न अस्पतालमा सिलिण्डर भरेर पठाउन थालिएको छ । अक्सिजन अभाव हुन थालेपछि औद्योगिक क्षेत्रबाट अन्य जिल्लामा सिलिन्डर पठाउन थालिएको हो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार सुनसरी मोरङ ओद्यौगिक करिडोरमा रहेको अक्सिजन उद्योगबाट सिलिण्डर ‘रिफिल’ गरेर काठमाडौंसहित देशका विभिन्न जिल्लामा पठाउन थालिएको हो ।
गृहमन्त्रालयको समन्वयमा नेपाली सेनाको स्काई ट्रकमार्फत एयर लिफ्ट गरी अक्सिजन रिफिल गरेर काठमाडौं पठाइएको हो ।