जेठ ०६, २०८१, आइतबार
               

चिनियाँ खोपको दोस्रो डोज दिँइदै, यस्तो छ तालीका

नेपाल फ्ल्यास
जेठ ०२, २०७८

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसविरुद्धको चिनियाँ खोपको दोस्रो डोज आजदेखि लगाइदै छ । ‘भेरोसेल’को पहिलो डोज लगाएका व्यक्तिलाई दोस्रो डोज खोप लगाइने छ।  

काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा बिहान १० बजेदेखि खोप सुरु गर्न लागिएको जनाइएको छ । भेरोसेलको पहिलो डोज केही अस्पतालबाट दिइए पनि दोस्रो डोजका लागि प्रत्येक वडामा खोप केन्द्र तोकिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । दोस्रो डोजको खोप जेठ ११ गतेसम्म सञ्चालन हुनेछ । 

महानगरपालिकाले खोप केन्द्र र समन्वयकर्ताको विवरण सार्वजनिक गर्दै चैत २५ देखि वैशाख १५ गतेसम्म भेरोसेलको पहिलो डोज लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो मात्राको खोप दिने जनाएको छ । दोस्रो डोजका खोपका लागि परिचय खुल्ने फोटोसहितको परिचयपत्र तथा पहिलो डोजको खोप लगाएको कार्ड देखाएपछि तोकिएकामध्ये पायक पार्ने खोप केन्द्रमा गएर खोप लगाउन सकिने छ । 

गत चैत २५, २६, २७ र २८ गते पहिलो मात्रा लगाएकालाई आज दोस्रो खोप दिइनेछ। यसैगरी चैत २९ र ३० गते पहिलो खोप लिएकालाई भोलि ३ गते, चैत ३१ र २०७८ वैशाख २ गते पहिलो खोप लगाएकालाई जेठ ४ गते दोस्रो मात्राको खोप दिइनेछ ।

वैशाख ३ र ४ गते पहिलो खोप लगाएकालाई जेठ ५ गते, वैशाख ५ र ६ गते पहिलो खोप लगाएकालाई जेठ ६ गते, वैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकालाई जेठ ७ गते, वैशाख ११ र १२ गते पहिलो खोप लिएकालाई जेठ ८ गते भेरोसेलको दोस्रो मात्रा खोप दिइनेछ । वैशाख १३, १४ र १५ गते पहिलो मात्रा लिएकाहरूलाई क्रमशः जेठको ९, १० र ११ गते दोस्रो खोप दिइनेछ । 


कस्तो लाग्यो ?

यो पनि