बैशाख २५, २०८१, मंगलबार
               

कांग्रेस कार्यालयलाई चिकित्सक अस्थायी आवास गृह बनाइयो

नेपाल फ्ल्यास
बैशाख २९, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेस रुपन्देहीको कार्यालयलाई चिकित्सक तथा स्वास्थ्यकर्मीको अस्थायी आवास गृह बनाइएको छ । भैरहवामा रहेको पार्टी कार्यालयमा २५ बेड तयार गरी सो आवास बनाइएको हो । 

कांग्रेस रुपन्देही सभापति अब्दुल रज्जाकका अनुसार कोरोना महामारी बढ्दै गएको तथा अस्पतालहरुमा बिरामीको लागि बेड अभाव भएकाले पार्टी कार्यालयलाई आवास गृह बनाइएको हो । 

यसअघि नै काँग्रेस रुपन्देहीले दुईतले आफ्नो पार्टी कार्यालय कोरोना संक्रमितका लागि आइसोलेसन वा अस्थायी कोभिड अस्पतालको रुपमा प्रयोग गर्न दिने निर्णय गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि