कात्तिक ३०, २०८१, शुक्रबार
               

स्वाब दिन पालो कुरेर बसेका एक पुरुषको मृत्यु

नेपाल फ्ल्यास
बैशाख २४, २०७८

ADVERTISEMENT

बाँके । कोरोना परीक्षणका लागि स्वाब दिन लाइनमा बसेका एक पुरुषको मृत्यु भएको छ । 

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि स्वाब दिन पालो कुरेर बसेका कोहलपुर–५ का करिब ५९ वर्षीय पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको हो । 

सास फेर्न गाह्रो भएसँगै अस्पताल पुगेका उनको स्वाब दिन लाइनमा बस्दै गर्दा मृत्यु भएको हो । 

‘३/४ दिनदेखि उनलाई ज्वरो आउने, टाउको दुख्ने भएको रहेछ । स्थानीय मेडिकलबाटै औषधि लगेर खाँदा पनि निको नभएपछि आज मात्रै उनी अस्पताल आएका रहेछन्,’ शुक्रबार उनले भने, ‘अस्पतालमा स्वाब दिने आउनेको ठूलै भीड थियो । सबै बिरामी उस्तै भएका कारण उनी पनि लाइनमा थिए । लाइनमा बस्दाबस्दै उनी ढले ।’

अस्पताल ल्याउन ढिलो भएको कारण अक्सिजन लेभल कम भएर उनको मृत्यु भएको हुन सक्ने चिकित्सकहरुले बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि