जेठ ०६, २०८१, आइतबार
               

तत्काल खोप ल्याउन सक्ने अवस्था छैन : मन्त्रालय

नेपाल फ्ल्यास
बैशाख २४, २०७८

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको थप खोप तत्काल आउने सम्भावना नरहेको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । भारतको सेरम इन्स्टिच्युटबाट ल्याउन लागिएको थप ५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने अवस्था नरहेको सो विज्ञप्तिमा उल्लेख छ । 

‘नेपालले खोप सुरु गरेको खोप अभियान थप विस्तृत बनाइ लान खोप खरिद गर्न औषधि व्यवस्था विभागको आपतकालीन प्रयोगका लागि अनुमति प्राप्त कोभिशिल्ड खोप २० लाख डोज चार डलरमा खरिद गरिएकोमध्ये १० लाख प्राप्त गरिसकिएको, जसमा बाँकी खोप वर्तमान विश्व परिस्थिति र भारतको अवस्थाले सेरम इन्स्टिच्युट इन्डियाले नेपाललाई खोप आपूर्ति गर्नु आफ्नो प्राथमिकता रहेको तर सो कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकोले क्षमता विस्तार हुनेबित्तिकै आपूर्ति गर्ने जानकारी दिएको छ। थप ५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने अवस्था हाललाई रहेको छैन,’ विज्ञप्तिमा भनिएको छ। 


कस्तो लाग्यो ?

यो पनि