बैशाख २१, २०८१, शुक्रबार
               

काठमाडौं उपत्यकामा थप ३९७२ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
बैशाख २३, २०७८

ADVERTISEMENT

काठमाडौै । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३९७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उपत्यकामा कोरोना पुष्टि हुनेमा काठमाडौं जिल्लामा ३१६३, ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जना छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा बिहीबारसम्म २४ हजार ५३३, ललितपुरमा चार हजार ९७४ र भक्तपुरमा दुई हजार ९४५ जना सक्रिय संक्रमित छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पिसिआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी उल्लेखित संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।  त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको र २७०७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि