बैशाख ०७, २०८१, शुक्रबार
               

भारतमा एकैदिन चार लाखभन्दा बढीमा कोरोना पुष्टि

नेपाल फ्ल्यास
बैशाख १८, २०७८

ADVERTISEMENT

भारतमा एकैदिन  चार लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । 

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पछिल्लो एक दिनमा चार लाख एक हजार नौ सय ९३ जनामा संक्रमण पुष्टि भएको हो । जुन संख्या विश्वकै इतिहास हो । यसअघि कुनै पनि देशमा यति धेरै कोरोना संक्रमित पहिचान भएका छैनन् ।

त्यसैगरी, भारतमा कोरोनाका कारण पछिल्लो २४ घन्टामा तीन हजार पाँच सय २३ जनाको  मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई लाख ११ हजार आठ सय ५३ पुगेको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या ३२ लाख ६८ हजारभन्दा बढी छ । भारतमा पछिल्लो २४ घण्टामा १९ लाख ४५ हजार २ सय ९९ नमुना परीक्षण भएको थियो ।

भारतमा बुधबारसम्ममा १५ करोड ४९ लाखभन्दा बढीले खोप लगाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि