काठमाडौं । एक सातामा १९ वर्षमुनिका २ हजार ५ सय ५६ जना किशोर-किशोरीमा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो एक सातामा उल्लेखित किशोर तथा किशोरीमा कोरोना पुष्टि भएको हो । संक्रमणको नयाँ प्रकार (भेरियन्ट) बालबालिका र युवा उमेरका मानिसमा पनि उत्तिकै जोखिम रहेका कारण सो उमेर समूहका धेरै मानिसमा संक्रमण देखिन थालेको बताइएको छ।
नेपालमा यसअघि यति धेरै किशोरकिशोरी र बालबालिकामा संक्रमण देखिएको थिएन। तर यसपटक भने संक्रमण देखिने मात्र हैन अस्पताल भर्ना हुनेमा पनि बालबालिका र युवा उमेरका मानिस पनि धेरै छन्।
कोरोना उपचारमा खटिएका चिकित्सकहरूले समेत यसपटक अस्पताल भर्ना हुनेमा युवा उमेर र बालबालिका पनि रहेकाले यी उमेर समूहकालाई पनि उच्च सतर्कता अपाउन आग्रह गरेका छन्।
गएको २४ घण्टामा मात्र ५ हजार ७ सय २७ जनाको परीक्षण गरिएकोमा ४ सय ७६ जना १९ वर्ष मुनिका छन्। यसले गर्दा पनि संक्रमण युवा र बालबालिकामा पनि उत्तिकै जोखिम रहेको पुष्टि हुन्छ।
यसअघि फैलिएको कोरोना युवा र बालबालिकामा त्यति धेरै जोखिम नरहेको बताइएकोमा अहिलेको नयाँ प्रकार भने झन् धेरै यी समूहका मानिसमा जोखिम रहेको अध्ययनले बताएको छ ।