बैशाख २२, २०८१, शनिबार
               

काठमाडौैं उपत्यकामा थप १५६१ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
बैशाख १६, २०७८

ADVERTISEMENT

काठमाडौं । पछिल्लो  २४ घन्टामा राजधानी काठमाडौँ उपत्यकामा १५६१ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकामा थप भएकामध्ये सबैभन्दा बढी काठमाडौँ जिल्लामा ११२७ जनामा कोरोना पुष्टि भएको भने ललितपुरमा २५२ र भक्तपुरमा १८२ संक्रमित थपिएका हुन् ।

काठमाडौँ उपत्यकाबाहिर ५२८ र बाँकेमा ४८९ संक्रमित थपिएका छन् । त्यस्तै, कैलालीमा ३३९, मोरङमा १३७, पर्सामा १५० र दाङमा १८१ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ८३१ संक्रमित थपिएका छन् । जसमध्ये १७१४ जना महिला र ३११७ पुरुष रहेका छन् । एन्टिजेन विधिबाट ९७ जनामा संक्रमण पुष्टि भएको छ ।


कस्तो लाग्यो ?

यो पनि