मंसिर ०७, २०८१, शुक्रबार
               

बिहीबार थप चार हजार नौ सय २८ मा कोरोना पुष्टि

नेपाल फ्ल्यास
बैशाख १६, २०७८

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोनाका कारण थप ३५ जनाको मृत्यु भएको बताएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण उल्लेखित संख्याको मृत्यु भएको हो । मन्त्रालयका अनुसार योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन हजार २४६ पुगेको छ । 

यस्तै, देशभर चार हजार नौ सय २८मा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार उपत्यकासहित विभिन्न स्थानमा निषेधाज्ञा लागेकै दिन देशभर ४९ सय २८ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख १७ हजार ५३० र निको हुनेको संख्या २ लाख ८० हजार १६७ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि