मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोना नियन्त्रणका लागि एकजुट हुने चीनसहित ६ परराष्ट्रमन्त्रीको बैठकको निष्कर्ष

नेपाल फ्ल्यास
बैशाख १६, २०७८

ADVERTISEMENT

काठमाडौं । चीन,नेपाललगायत ६ देशबीच कोरोना नियन्त्रणबारे सहमति भएको छ । 
६ देशका परराष्ट्रमन्त्रीबीच कोभिड–१९ बारे संयुक्त प्रतिक्रिया, कोभिड पछिको आर्थिक सुधारबारे अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सहयोगबारे भिडियो कन्फरेन्समार्फत् भएको बैठकमा सो सहमति भएको हो ।  

बैठकमा चीनले सहभागी देशका लागि निरन्तर स्वास्थ्य उपकरण र प्राविधिक सहयोग प्रदान गर्ने जनाउँदै सहमति गरेको छ । त्यसैगरी, सहभागी अन्य देशका परराष्ट्रमन्त्रीले कोभिड–१९ विरुद्ध विश्वव्यापी सहयोगका लागि विश्व स्वास्थ्य संगठनको उचित भूमिकाका लागि आफ्नो दृढ समर्थन दोहोराउँदै भाइरसको उत्पत्तिबारे पत्ता लगाउनु विज्ञान र विश्वव्यापी मिसन भएको बताए।

उक्त भिडियो कन्फरेन्समा चीनका परराष्ट्रमन्त्री वाङ यी, नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली,  अफगानिस्तानका कार्यवाहक परराष्ट्रमन्त्री मिर्वेस नाब, बंगलादेशका परराष्ट्रमन्त्री ए.के अब्दुल मोमेनका साथै पाकिस्तानका परराष्ट्रमन्त्री माख्दुम शाह महमुद कुरेसी तथा श्रीलङ्काका विदेशमन्त्री दिनेश गुनावार्डेनाको उपस्थिति थियो ।


कस्तो लाग्यो ?

यो पनि