बैशाख १३, २०८१, बिहीबार
               

बर्दियामा पनि एक साता लकडाउन घोषणा

नेपाल फ्ल्यास
बैशाख १३, २०७८

ADVERTISEMENT

बर्दिया । बर्दियामा सोमबारबाट एक साता निषेधाज्ञा हुने भएको छ । 

कोरोना संक्रमित थपिने क्रम तीव्र रूपमा बढ्दै गएपछि बर्दिया जिल्ला प्रशासनले एक सूचना जारी गरी सोमबार मध्यरातबाट एक साता लकडाउन गर्ने निर्णय गरेको हो । 

जिल्ला प्रशासन कार्यालय बर्दियाले जारी गरेको सूचनामा दोस्रो चरणको कोभिड–१९ संक्रमण बढ्दै गएकाले भिडभाड नगर्न उल्लेख छ । 

कोभिडको संक्रमणको जोखिम कम गर्न दैनिक उपभोग्य र कृषिउपज बाहेकका सवै हाटबजार, खेलकुद, मेलापर्व, भेला, आमसभालाई अर्को निर्णय नभएसम्मका लागि रोक लगाइएको सो सूचनामा उल्लेख छ । 

निषेधाज्ञाको समयमा अत्यावश्‍यक कामबाहेकका अन्य सम्पूर्ण कामहरू बन्द हुने पनि जनाइएको छ । 

नेपाल सरकार मन्त्रिपरिषदको निर्णय पूर्ण लागू गर्दै सीमाबाट हुने आवतजावत निषेध गरिएको छ। अन्य सम्पूर्ण पसलहरु बन्द रहने र फलफूललगायत अत्यावश्यक पसलमा भने मालसामान बेचबिखन गर्दा अनिवार्य दुई मिटरको भौतिक दूरी, अनिवार्य मास्क, साबुनपानीले हातधुने वा सेनिटाइजको व्यवस्था मिलाउनुपर्ने सो सूचनामा उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि