काठमाडौं । कोरोना संकट व्यवस्थापन समिति (सिसिएमसी) को बैठक सुरु भएको छ। कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि रोकथामका लागि थप रणनीति तयका लागि छलफल सुरु भएको हो। बैठक यतिखेर सिंहदरबारमा चलिरहेको छ ।
यसअघि शनिबार सिसिएमसीका पदाधिकारीले प्रधानमन्त्री ओलीलाई पछिल्लो अवस्था र सरकारले गर्नुपर्ने निर्णयबारे ब्रिफिङ गरेका थिए।
सिसिएमसीले सरकारलाई थप कडाइ गर्न सिफारिस गर्ने तयारी गरेको छ। यसअघि स्वास्थ्य मन्त्रालयले स्थिति बिग्रिएको भन्दै थप तयारीबारे निर्णय लिन आग्रह गरेको छ।